Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

'नाडा अटो शो २०२३' भदौ ३१ गतेसम्म सञ्चालन गर्ने


'नाडा अटो शो २०२३' भदौ ३१ गतेसम्म सञ्चालन गर्ने

काठमाडौं, भदौ २६ । नाडा अटो शो २०२३ सञ्चालन भएको छ। मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका हुन्। भदौ २६ गते सुरू भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन्। उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत छ। प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको छ।

कम्पनीहरूले नाडा अटो शोमा नयाँ मोडलका गाडीहरू समेत सार्वजनिक गरेका छन्। ६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ। यसले अर्थतन्त्रलाई समेत चलायमान बनाउन मद्दत पुर्‍याउनेमा उनीहरू सकारात्मक छन्।