Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेलको कारोबार ३७ अर्बमा झर्यो


एनसेलको कारोबार ३७ अर्बमा झर्यो

काठमाडौं, एनसेलले सन् २०२२,२३मा निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक ३७ अर्ब ४४ करोड रुपैयाँको कारोबार गरेको छ। एनसेलले अघिल्लो वर्ष २०२१,२२ मा ३९ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको थियो। हालै एनसेल आजियाटाले सार्वजनिक गरेको तथ्याङक एनसेलको बजार हिस्सा २०२२,२३ मा ५४ प्रतिशतमा पुगेको छ। एनसेलले २०२०,२१ मा ४० अर्ब ४२ करोड रुपैयाँ र २०१९,२० मा ४६ अर्ब ८७ करोड रुपैयाँको कारोबार गरेको थियो।

६१प्रतिशतसम्म पुगेको एनसेलको बजार घट्दो क्रममा रहेको छ। एनसेलसँग भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा छ। डेटाको प्रयोग र त्यसको बजार हिस्सा बढ्दै गएकाले कम्पनीको प्रति ग्राहक औसत आम्दानी बढ्दै जाने बताएको छ।एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व आजियाटा समूह र बाँकी २० प्रतिशत नेपाली कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिसँग छ।

एनसेलले हाल नेपाल भर फोरजी विस्तार अन्तिम चरणमा पुर्याएको छ।त्यस्तै फाइभजी परिक्षणका लागि पनि नियामक दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयमा अनुमति मागेको छ। तर, लामो समय भइसक्दा पनि फाइभजीको परिक्षण अनुमति पाइन सकेको छैन् ।