Friday, August 22, 2025

२०८२ भाद्र ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बन्द रहेका सरकार स्वामित्वका उद्योग तथा प्रतिष्ठानहरु सञ्चालन गर्न कार्यदल बनाउने तयारी


बन्द रहेका सरकार स्वामित्वका उद्योग तथा प्रतिष्ठानहरु सञ्चालन गर्न कार्यदल बनाउने तयारी

काठमाडौं ।अर्थमन्त्री डा.प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४ औं बैठक बसेको छ । बैठकमा निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधानलगायत विषयहरुमा छलफल भएको बुझिएको छ ।

बैठकले हाल बन्द अवस्थामा रहेका सरकारको स्वामित्वका उद्योग वा प्रतिष्ठानहरुका सम्बन्धमा कार्यदल बनाइ सञ्चालनमा ल्याउन सक्ने सम्भावना र मोडालिटीका बारेमा अध्ययन गर्ने र अध्ययनको निष्कर्षका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ । तर, जुनसुकै मोडेलमा सञ्चालन गरिए पनि सम्वन्धित उद्योग प्रतिष्ठानको भोगाधिकारमा रहेका जमिनको स्वामित्व भने सरकारकै रहने निर्णय बैठकले गरेको छ ।