Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयरको ‘रोक्का’ अवधि सकिनु ३० दिनअघि जानकारी दिनुपर्ने


सेयरको ‘रोक्का’ अवधि सकिनु ३० दिनअघि जानकारी दिनुपर्ने

काठमाडौं । अब सूचीकृत कम्पनीहरूले सेयरको रोक्का अवधि (लकइन पिरियड) सकिनुभन्दा कम्तीमा ३० दिनअघि सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई जानकारी दिनुपर्नेछ ।

संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधिसम्बन्धी व्यवस्थालाई थप पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै नेपाल धितोपत्र बोर्डले उक्त निर्देशन दिएको हो । लकइन अवधि सम्बन्धमा जानकारी नहुँदा सर्वसाधारणलाई सेयर बिक्री सम्बन्धमा अन्योलता बढ्दै गएको बेला बोर्डले उक्त निर्देशन दिएको हो ।

सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक तथा अन्य समूहको सेयरको बिक्री गर्न नपाइने गरी तोकिएको (लकइन पिरियड) समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि लगानीकर्ता एंव सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन सेयर लकइनमा रहेको वर्ग (जस्तै संस्थापक, स्थानीय प्रभावित आदि), लकइनमा रहेको कुल सेयर संख्या, लकइन अवधि समाप्त हुने मिति समेत स्पष्ट रूपमा खुलाई सार्वजनिक जानकारीका लागि सूचना जारी गर्नुपर्नेछ,’ बोर्डको निर्देशनमा भनिएको छ, ‘उक्त जानकारी धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एन्ड क्लियरिङलाई पनि उपलब्ध गराउनुपर्नेछ ।’

उक्त सूचना तथा जानकारी कम्तीमा जारी भएको मिति देखि कम्तीमा लकइन अवधि समाप्त भएपछिको एक सातासम्म सबैले सजिलै देख्ने गरी सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा राख्नुपर्ने निर्देशन पनि बोर्डको छ । यस्तै, संगठित संस्थाबाट प्राप्त सेयर लकइनसम्बन्धी जानकारी आफ्नो वेबसाइटमा राख्न नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एन्ड क्लियरिङलाई पनि बोर्डले निर्देशन दिएको छ ।