Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूर्य नेपालले ल्यायो, नेपालमै उत्पादित चोको फिल्स कुकिज


सूर्य नेपालले ल्यायो, नेपालमै उत्पादित चोको फिल्स कुकिज

काठमाडौं, सूर्य नेपाल प्रालिले सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री सुरु गरेको छ। कम्पनीले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफूलाई विस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज उत्पादन तथा बिक्री गर्न सुरु गरेको हो।नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य भएको कम्पनीको दाबी छ। कम्पनीले सधैँ देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय उत्पादनहरू बजारमा ल्याइरहेको बताएको छ।

यसक्रममा उच्चकोटीका सामग्रीको सम्मिश्रणमार्फत् तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको स्वादले कुकिज पारखीहरूको मन जित्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।कम्पनीले सनफिस्ट डार्क फ्यान्टासीको ब्रान्ड एम्बासडरका रूपमा कलाकार शिल्पा मास्केलाई अनुबन्ध गरेको बताएको छ।

सनफिस्ट डार्क फेन्टासी नेपालभरिका खुद्रा पसल तथा डिपार्टमेन्ट स्टोरहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।हाल बजारमा दुई प्रकारका प्याक उपलब्ध रहेको कम्पनीले बताएको छ। जसमा एउटा ७५ ग्रामको प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच हुने र यसको मूल्य ९० रुपैयाँ रहेको बताइएको छ। यसैगरी, ३०० ग्रामको प्याकेटभित्र २४ वटा छुट्टाछुट्टै पाउच हुने र यसको मूल्य तीन सय ५० रुपैयाँ रहेको उल्लेख छ।