Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गत वर्षभन्दा यस वर्ष च्यांग्राको मूल्य १० हजारले बढ्यो


गत वर्षभन्दा यस वर्ष च्यांग्राको मूल्य १० हजारले बढ्यो

काठमाडौं, दशैं सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री पनि सुरु भएको छ। गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ। पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ। हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा आठदेखि दश हजार रुपैयाँ मूल्य वृद्धि भएको छ। अघिल्लो वर्ष ४० हजार रुपैयाँसम्म पाइएको च्याङ्ग्रा यो वर्ष ५० हजार रुपैयाँभन्दा बढी पर्ने व्यवसायी बताएका छन्।

तर यस दशैंमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन।चीनबाट मुस्ताङको बाटो हुँदै आउने च्याङ्ग्रा यो वर्ष नेपाल भित्रिएनन्। कोरला नाका नखुलेकाले चीनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मूल्य बढेको व्यवसायी बताएका छन्। खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिँदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ। च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दशैंका बेला ओझेलमा पर्छन्, जैमिनीकै किसान भीम शर्माले भने, व्यावसायिक उत्पादनमा लागेका किसानलाई समस्या छ।

भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मनिर्भर छ। आव २०७८,०७९ को तुलनामा २०७९,०८० मा बाख्राको उत्पादन मात्रै १ दशमलव ३३ प्रतिशतले बढ्दो छ। २०७८,०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९,०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्याङ्कमा उल्यख छ। भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा ० दशमलव ३३ प्रतिशतले उत्पादन बढेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए।

दशैंमा भैँसी, राँगा, बङ्गुर हाँस र खरायो लगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ। पहिले दशैंका बेला मधेसबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने, स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो।स्थानीय उत्पादन वृद्धि हुँदा दसैँको बेला जिल्ला बाहिर जाने लाखौँ रुपैयाँ बाहिरिनबाट जोगिएको उनको भनाइ छ।