Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रत्येक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गर्न लेखा समितिको निर्देशन


प्रत्येक स्थानीय तहमा सहुलियत पसल सञ्चालन गर्न लेखा समितिको निर्देशन

काठमाडौं, सोमबार बसेको लेखा समितिको बैठकले कालोबजारी र सिन्डिकेटबाट उपभोक्तालाई राहत दिन प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सुपथ पसल सञ्चालन गर्ने गरी संयन्त्र बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको छ। समितिले व्यापारिक प्रयोजनका लागि चिनी लगायतका वस्तुहरूको गैरकानुनी तरिकाले आयात भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि निर्देशन दिएको छ।

पसल तथा बिक्री केन्द्रहरूमा सबै वस्तुको मूल्य सूची राख्ने व्यवस्था मिलाउन, कारोबारको अनिवार्य बिलबिजक जारी गर्न र बजारको नियमित अनुगमन गर्न पनि निर्देशन दिएको छ। न्यून बिजकीकरण अनुगमन गरी नियन्त्रण गर्न, वस्तु आयात गर्दा हुने गैर कानुनी पँजी पलायनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन, हाल रहेको खाद्यान्न भण्डारणको जानकारी ७ दिनभित्र पेस गर्न समेत समितिले भनेको छ।

हाल ग्यास उद्योगले होटल लगायतका औद्योगक प्रयोजनका निमित्त ५० केजीका ग्यास सिलिण्डरको प्रयोग गरिएको भएपनि त्यसको जानकारी नदिएको भन्दै यस्तो कानुन विपरीत ग्यास बिक्रीको अनुगमन गरेर कारवाही गर्न समेत निर्देशन दिएको छ।उद्योगहरूलाई यस्तो जानकारी दिन यसअघि तीन दिनको समयावधि दिइएको थियो।

समितिले सोमबार दिएका निर्देशनहरूको पालना भए नभएको एक महिनाभित्र जानकारी गराउन पनि मन्त्रालयलाई सुझाव दिएको छ।