Tuesday, June 10, 2025

२०८२ जेष्ठ २८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरमा यामाहा मोटरसाइकल विक्रेताको रजाइँ, नगरको सार्वजनिक जग्गामा पटक—पटक एक्सेचेन्ज मेला


कीर्तिपुरमा यामाहा मोटरसाइकल विक्रेताको रजाइँ, नगरको सार्वजनिक जग्गामा पटक—पटक एक्सेचेन्ज मेला

काठमाडौं । यामाहा मोटरसाइकलको एक्सचेन्ज मेलाले कीर्तिपुर नगर प्रवेशको मूख्यद्धार अस्तव्यस्त बनेको छ । तिहारलाई लक्षितगरि यामाहाले कीर्तिपुर क्षेत्र प्रवेशको मूख्यद्धारमै एक्सचेन्ज मेला लगाइरहेको छ । यसअघि यामाहाले कीर्तिपुर नगरपालिका कार्यालय अघिनै एक्सचेन्ज मेला लगाएको थियो । त्यहाँ भिड बढीहुने भन्दै नगरपालिकाले हटाउन भनेपछि अहिले पर्यटन भवनको अघि पहिले सार्वजनिक शौचालय भएको स्थानमा मेला चलिरहेको छ ।

सार्वजनिक शौचालय हुँदा सडक साघुँरो भएको र पर्यटन भवनको आर्कषण नदेखिएको भन्दै नगरपालिकाले सो क्षेत्रबाट शौचालय भत्काएको थियो । अहिले सोहि क्षेत्र यामाहालाई नाफा गर्न प्रयोग भइरहेको छ । यस विषयमा हामीले कीर्तिपुर नगरपालिका प्रवक्ता दिवाकर अधिकारीलाई प्रश्न गर्दा कम्पनीले तीन दिनकालागि सो क्षेत्र भाडामा लिएको र त्यस वापत नगरपालिकालाई कर आउने बताए । उने भने, ‘पहिले नगरपालिका भवन अघि एक्सचेन्ज मेला थियो त्यहाँ कार्यालयअघि समस्या देखिएपछि सो क्षेत्रमा अनुमति दिइएको हो’ ।


तर, यसमा कम्पनीले नगरपालिकालाई राजश्व बुझाउने छ । हामीले कति आउछ ? भन्दा उनले भने, ‘स्थानीय क्लबले नगरपालिका सँग सित्तैमा स्वीकृत लिने र यामाहाबाट पैसा लिएर मेला आयोजना गर्न खोजेको तर, हामीले नगरपालिकामा कर आउने गरि अनुमति दिएका हौं’। यामाहा कम्पनीले कीर्तिपुर नगरपालिकालाई तीन दिन सार्वजनिक जमिन प्रयोग गरे बापत करिब २० हजार बुझाउने छ ।

कीर्तिपुरका एक स्थानीयले भने, २० हजारमा नगरपालिकाको व्यस्त सडकलाई तीन दिन प्रयोग गर्न मिल्ने परिपाटी बसाले भोली एक सय दिन भाडामा लिने व्यापारि आए के गर्ने ? शौचालयले बाटो साघुँरो भयो भनेर भत्काउने अहिले व्यक्तिगत नाफाकालागि प्रयोग गर्न दिने ? नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले व्यक्तिगत नाफाकालागि कीर्तिपुर नगरक्षेत्रका सार्वजनिक क्षेत्रलाई सस्तो भाउमा प्रयोग गर्न नपाउने भन्दै केहि स्थानीयले विरोध गरेका छन् ।  अहिले चाडपर्व भएकाले सो क्षेत्रमा आउने—जानेको भिड हुन्छ । ठुलो आवाजमा स्पीकर बजाइँ विज्ञापन गरिरहेको याहामाले मंगलबारबाट पर्यटन बोर्डअघि खालि भागमा एक्सचेन्ज मेला सुरु गरेको हो । भेला आजसम्म चल्ने छ ।