Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता


मन्त्री चौधरी र राजदूत हेक्काबीच भेटवार्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा सहकार्यबारे छलफल भएको थियो ।

सो अवसरमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताए ।

मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायको उत्थान गर्ने प्रयासमा फिनल्याण्डको सहयोग नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्दै कोभिड–१९ को कठिन समयमा नेपाललाई सहयोगका हात बढाएकामा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद दिए ।

नेपाल सन् २०२६ मा अल्पविकसितबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको उल्लेख गर्र्दै मन्त्री चौधरीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको बताए ।

भेटमा राजदूत हेक्काले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।