Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धितोपत्र बोर्ड र बिमा प्राधिकरणविरूद्ध अदालत जाने तयारीमा सेयर लगानीकर्ता


धितोपत्र बोर्ड र बिमा प्राधिकरणविरूद्ध अदालत जाने तयारीमा सेयर लगानीकर्ता

काठमाडौं,लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा केही लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरण विरूद्ध अदालत जाने भएका छन्।बोर्ड र प्राधिकरणले ऐन विपरीत बिमा कम्पनीहरूलाई प्रिमियम रकम सहित आइपीओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरू अदालत जान लागेका हुन्।बिहीबार लगानीकर्ताहरूको भेलाले यस्तो निर्णय गरेको हो।बिमा ऐन विपरीत यसरी प्रिमियममा आइपीओ जारी गर्न दिएकाले लगानीकर्ताहरू अदालत जाने निर्णय गरेको लगानीकर्ता तिलक कोइरालाले बताएका छन्।

प्रचलित ऐन विपरीत प्रिमियममा आइपीओ जारी गर्न दिइएकाले सेबोन धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल र बिमा प्राधिकरणविरूद्ध अदालतमा मुद्दा हाल्ने निर्णय गरेका हौं, लगानीकर्ता कोइरालाले भने, यो सरासर नीतिगत भष्ट्राचार हो। बिमा ऐन २०७९ को दफा ४५ को ५ मा बिमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शत प्रतिशत रकम माग गर्नुपर्नेछ भनेर उल्लेख गरिएको छ। प्रतिकित्ता एक सय रूपैयाँ मूल्यलाई अंकित मूल्य भनिन्छ। यही व्यवस्थालाई देखाउँदै लगानीकर्ताहरू अदालत जाने बताएका हुन्।