Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हाल टाटा मोटर्सका विद्युतीय गाडीले नेपाली बजार ल्याउने


हाल टाटा मोटर्सका विद्युतीय गाडीले नेपाली बजार ल्याउने

काठमाडौं । हाल टाटा मोटर्सका विद्युतीय गाडीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै आएका छन्।  टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना इभी अर्थात् विद्युतीय गाडी किन्न चाहने ग्राहकहरूका लागि छिटो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ।

जुन नेपालभरी फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुने बताएको छ। विगत दुई वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन इभी र टिगोर इभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब तीन दिनभित्रै हुने कम्पनीको भनाइ छ। टाटा मोटर्सका इभी गाडीहरूको छिटो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि देशैभरी फैलिएका एभरेष्ट बैंक, नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक तथा प्रभु बैंकबाट उपलब्ध हुनेछन् ।

नेपालमा २० स्थानमा फास्ट चार्जिङ स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टर विस्तार भइसकेको र आउने दिनहरूको लागि पनि अझ मद्दत पुग्ने गरी यो वर्ष चार्जिङ स्टेशनदेखि सर्भिस स्टेशनलाई नेपालको विभिन्न भू–भागमा फैलाउने योजना कम्पनीको छ।