Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

‘नाडा अटो सो २०२३’ मा १२० वटा स्टल


‘नाडा अटो सो २०२३’ मा १२० वटा स्टल

काठमाडौं । भदौ २६ देखि सुरु हुने ‘नाडा अटो सो २०२३’ मा १२० वटा स्टल रहने भएका छन् । दसैंको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको १५औं अटो सोमा १६ वटा ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ वटा ब्राण्डका लाइट कर्मसियल भेहिकल र ९ वटा वित्तीय संस्थाका स्टल रहने छन् ।

त्यस्तै ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट–पूर्जा एवम् ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने आयोजक नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । भुकुटीमण्डपमा हुने मेला अवधिभर करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको नाडाका अध्यक्ष ध्रुब थापाले बताए । ‘चाडबाडलाई मध्यनजर अटो सो गर्दै आएका छौं, कोभिडले केही वर्ष अटो सो गर्न सकिएन,’ उनले भने, ‘यो पटक ठूलो मेलाका रुपमा अटो सो गर्दै छौं, यो बेला वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुनेछ ।’


मेला अटो व्यवसायीका लागि ठूलो चाडजस्तै भएको उनको भनाइ छ । भदौ ३१ सम्म चल्ने अटो सोमा ७५ हजार आगन्तुकले अवलोकन गर्ने अनुमान आयोजकको छ । कोभिडले गर्दा रोकिएको अटो सो तीन वर्षपछि हुन लागेको नाडा अटो सो २०२३ समिति सभापति अनुपकुमार बरालले बताए ।

‘यो पटकको अटो सोलाई पहिलेभन्दा धेरै व्यवस्थित गर्न लागेका छौं,’ बरालले भने, ‘यो पटक प्रदर्शनीस्थल भृकुटीमण्डपमा पार्किङ गर्न पाइने छैन, काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बसपार्क लगायत स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।’ ती स्थानबाट आगन्तुकलाई अटो सो स्थलसम्म आउनका लागि महानगर यातायातको सहयोगमा निशुल्क सटल बस चलाइने उनले बताए । अटो सोमा प्रवेशका लागि विद्यार्थीलाई १५० रुपैयाँ टिकट शुल्क र अन्यका लागि २०० रुपैयाँ तोकिएको छ ।