Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउन २२ गतेदेखि सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा उपलब्ध हुने


साउन २२ गतेदेखि सुजुकी जिम्नी र फ्रोन्क्स नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं, श्रावण १९ । नेपालभरका सबै सुजुकी शोरुमहरूमा सुजुकीका दुई एसयुभी जिम्नी र फ्रोन्क्स साउन २२ गतेदेखि उपलब्ध हुने भएको छ। उक्त दिन सबै सुजुकी शोरुमहरूमा जिम्नी र फ्रोन्क्स अनावरण गरिने कम्पनीले बताएको छ। नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी माटोक्रप तथा सिजी नेक्स्डजेनले सो एसयुभीहरू बुकिङ असार २९ गतेदेखि नै खुला गरेको थियो। सुजुकी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँ र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक रहेको कम्पनीको भनाइ छ। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो। जुन जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छयो पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू रहेको कम्पनीको दाबी छ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयुभी हो। द फेस अफ न्यु एसयुभी भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरूले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीले बताएको छ। प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरूले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरूको लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीको छ।