Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने हिरो मोटोकर्पको घोषणा


नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने हिरो मोटोकर्पको घोषणा

काठमाडौं। नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ।

हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। बहुप्रतिक्षित यी दुवै नयाँ बाइकहरु गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ। नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो। सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुई पाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू-

फराकिलो रियर टायरस् सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था।

सिंगल च्यानल एबीएसस् सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि।

श्रेणीकै सर्वाधिक तीव्र स् सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी।

एलईडी हेडलाइट्सस् सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा।

ब्लूटूथ कनेक्टिविटी स्चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा।