Thursday, September 11, 2025

२०८२ भाद्र २६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दिपल ईभीमा अहिलेसम्मकै कस्तो ब्याजदर


दिपल ईभीमा अहिलेसम्मकै कस्तो ब्याजदर

काठमाडौँ । इलेक्ट्रीक भेकलमा आम सर्वसाधारणको रुची घट्दै जादा इलेक्टोनिक गाडी बिक्रि गर्ने कम्पनीले विभिन्न अफर ल्याउन थालेका छन् । त्यसमा पछिल्लो समय नयाँ वर्षको अवसरमा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सस्तो ब्याज दरमा गाडी खरिद गर्ने सुविधा ल्याएको छ । यो संभवत अहिलेसम्मकै सस्तो ब्याजदर हो ।

बजारमै सबैभन्दा कम ४.९९ निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) सँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लुले लिएको छ ।

योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसहरूमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउन योजना ल्याएको हो ।