Sunday, August 10, 2025

२०८२ श्रावण २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नाइमा मोबिलिटी एक्स्पो–२०२५ को अफर दशैसम्म, कस्ता छन् अफर


नाइमा मोबिलिटी एक्स्पो–२०२५ को अफर दशैसम्म, कस्ता छन् अफर

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो–२०२५ मा ग्राहकलाई आकर्षित गर्न कम्पनीहरूले विभिन्न अफर सार्वजनिक गरिरहेका छन् ।

नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बुधबारदेखि सञ्चालन गरेको पाँचदिने एक्स्पोको दोस्रो दिन कार्यालय बन्द भएर आउने ग्राहकलाई लक्ष्य गरी एक्स्पो घुम्ने अवधि पनि बढाएको छ ।

बिहीबारदेखि नाइमाले एक्स्पोको समय अवधि बिहान ११ देखि राति ८ बजेसम्म राखेको छ । सरकारी एवं गैरसरकारी कार्यालय बन्द भएपछि पनि एक्स्पो भिजिट गर्न सकिने गरी थप एक घण्टा समय थपिएको नाइमाको मिडिया एन्ड मार्केटिङ कन्सल्टेन्ट प्रतीक अर्यालले बताए ।

पाँच दिनसम्म चल्ने प्रदर्शनी ८० हजारले अवलोकन गर्ने नाइमाले अपेक्षा गरेको छ । पहिलो दिन १५ हजारले प्रदर्शनीको अवलोकन गर्दा दोस्रो दिन १३ हजार सहभागी भएको नाइमाले जनाएको छ । एक्स्पोको पहिलो दिन प्रायः कम्पनीले गाडीका नयाँ मोडल सार्वजनिक गरेका थिए ।

दोस्रो दिन नयाँ मोडलसँगै अफर सार्वजनिक गरिएको छ । प्रायः कम्पनीले नाइमा एक्स्पोमा दिएको अफर आउने दसैंतिहारसम्म रहनेसमेत बबताईको छ ।

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले एक्स्पोको अवसरमा ‘हुन्डाई असम अगस्ट’ योजना सुरु गरेको छ । मोर्बिडेली नेपालले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना टी३५२एक्स र टी२५२एक्स मोडलका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । 

एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नाइमा एक्स्पो अवधिका लागि विभिन्न अफरहरू घोषणा गरेको छ ।जिकर ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले पनि नाइमा एक्स्पोमा विशेष छुट योजना ल्याएको छ ।

सीएफ मोटो र जिहोको नेपालका लागि आधिकारिक विक्रेता ऋषि ट्रेड सेन्टरले एक्स्पोमा दुई नयाँ मोडल ३०० एनके र ४५० एसआरएस सार्वजनिक गर्दै विशेष अफर ल्याएको हो ।

केटीएम नेपालले नयाँ ६ मोटरसाइकलको मोडल सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका मोडलको मूल्य २०० ड्युक ५ लाख ९९ हजार ९ सय, २५० ड्युक ७ लाख १४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।