एजेन्सी । जापानी कार निर्माता कम्पनी निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । कर्मचारी कटौतीको कारणमा निसाले चीन र अमेरिकामा बिक्री घटिरहेको र विश्वव्यापी रूपमा कार उत्पादनमा समस्या देखिएको उल्लेख गरेको छ ।
कम्पनीलाई उद्धृत गर्दै बीबीसीले विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको उल्लेख गरेको छ। निसानले आफ्नो व्यवसाय बढाउन र चुनौती सामना गर्ने क्षमता बढाउनका लागि पुनर्संरचना सुरु गर्ने बताइएको छ ।