Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह


नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

काठमाडौं, नेपालमा लगानीका लागि अर्जेन्टिनलाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। मंगलबार अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसंगको भेटबार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानीका लागि आग्रह गरेका हुन्।नेपालको पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको भन्दै अध्यक्ष मल्लले नेपालमा अवैतनिक दूतको नियुक्ती गरेर ब्यापारिक सहकार्य गर्न राजदूत गोवीसंग आग्रह गरेका छन्।

अध्यक्ष मल्लले भने, अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि ब्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ। नेपालको पर्यटन क्षेत्र पृथक खालको छ। नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्वन्ध ६० वर्ष पुरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्वन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। राजदूत गोवीसंग अध्यक्ष मल्लले नेपालको जलविद्युत, बनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमा समेत लगानीका लागि प्रस्ताव समेत गरेका छन्।

राजदूत गोवीले नेपालमा आर्थिक गतिविधी विस्तार गर्नका लागि आफुले पहल गर्ने बताएका छन्। हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाइ छ। दुई मुलुकबीचको सम्वन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले बताए। नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेको समेत राजदूत गोवीले बताएका छन्।