नेपालगन्ज । टाटा म्याजिक बिएससिक्स सार्वजनिक गरिएको छ । सहरी यातायातका लागि अत्याधुनिक प्रविधि, उत्कृष्ट क्षमतासहित आरामदायी यात्राको उपयुक्त मेल टाटा म्याजिक नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा बागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष मन प्रसाद आचार्य, नमस्ते नेपाल यातायात सेवा प्रा.लिका अध्यक्ष निम बहादुर चलाउने, सनराइज यातायात प्रा.लि.का अध्यक्ष गोपाल रञ्जितकार, भेरी बस व्यवसायी प्रा.लि.का महासचिव कृष्ण प्रसाद सुवेदी, शुभकामना यातायात प्रा.लि.का अध्यक्ष रेशम खत्री, र कर्णाली यातायात प्रा.लि.का अध्यक्ष पदम थापासहित अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
यस गाडीलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा मानिएको अधिकांशको विश्वास छ।
टाटा म्याजिक नेपाली बजारमा पहिलोपटक २००८ मा BS2 संस्करणका साथ प्रवेश गरेको थियो। यस गाडीले नेपाली सवारी साधन बजारमा ९५ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ।
हालसम्म ४ हजारभन्दा बढी म्याजिक भ्यान नेपाली सडकमा सफलतापूर्वक सञ्चालनमा छन्।