Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जिडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा, नगददेखि आकर्षक उपहार


जिडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा, नगददेखि आकर्षक उपहार

काठमाडौं, जिडब्लुएमका गाडीहरूको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ भइरहेको छ। नेपालमा जिडब्लुएमको सवारी साधनको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले सो क्याम्प आयोजना गरेको हो।हाल कम्पनीले नेपाली बजारमा हाभल एच,६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ३ बिक्री गरिरहेको छ। यी गाडीहरू अहिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ को लागि उपलब्ध छन्। कम्पनीले टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गत असोज १२ देखि सुरू गरेको हो।

यो असोज १८ सम्म आयोजना हुँदैछ।यो क्याम्प जिडब्लुएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आयोजना हुने कम्पनीले बताएको छ। यस क्याम्पले गाडी उत्साहीहरूलाई स्लीक हाभल एसयुभीदेखि शक्तिशाली ओरा ० ३ इभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्दैछ।

ग्राहकहरूले यस क्याम्पमार्फत प्रभावशाली जिडब्लुएम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले एमआइ टिभी जित्ने अवसरहरू प्राप्त गर्न सक्ने समेत कम्पनीले बताएको छ। साथै एक्सचेन्ज बोनसहरू, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र ओरा ०३ सँग ७ किलोवाट फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउने।