Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मिर्मिरे लघुवित्तको एफपीओ १४ लाख भन्दा बढीले नपाउने


मिर्मिरे लघुवित्तको एफपीओ १४ लाख भन्दा बढीले नपाउने

काठमाडौं,मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओ १४ लाख भन्दा बढीले नपाउने भएका छन्। अन्तिम दिनसम्ममा लघुवित्तको एफपीओमा माग गरे भन्दा १३०.६३ गुणा बढी आवेदन परेको छ।लघुवित्तको एफपीओमा मंगलबार सम्ममा १४ लाख २१ हजार ७७७ जनाले आवेदन दिए। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन परेको छ।

कम्पनीले जारी गरेको एफपीओमा १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रूपैयाँको आवेदन परेको हो। यसरी, यस लघुवित्तको एफपीओमा आवेदन दिएका १४ लाख ९ हजार ३९५ भन्दा धेरै आवेदकहरूले एफपीओ नपाउने भएका हुन्। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो। लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको हो।