Saturday, June 28, 2025

२०८२ असार १४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?


वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। मंगलबार अधिकांश वाणिज्य बैंकले कात्तिक महिनामा लागू हुने निक्षेप र कर्जाको ब्याजदर प्रकाशित गरेका छन्। जसमा अधिकांश बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने थोरैले मात्रै बढाएका छन्। केहीले ब्याजदर स्थिर राखेका छन्।सार्वजनिक विवरण अनुसार १० वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।

ब्याजदर घटाउनेमा हिमालय, नबिल, नेपाल एसबीआई, प्राइम, नेपाल इन्भेस्टमेन्ट मेगा, ग्लोबल आइएमई, कृषि विकास बैंक, एभरेस्ट, नेपाल बैंक र प्रभु बैंक छन्। यस्तै ब्याजदर बढाउनेमा एनएमबि र स्ट्यान्डर्ड चार्टर्ड छन्। लक्ष्मी सनराइज, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्यले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन्। कात्तिकमा वाणिज्य बैंकहरुमध्ये केहीले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ११.००३ प्रतिशत र संस्थागतमा ९.००३ प्रतिशत ब्याज उपलब्ध गराउने भएका छन्।

 केही वाणिज्य बैंकहरुले भने व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ९.२२ प्रतिशत र संस्थागतमा ७.२२ प्रतिशत ब्याज उपलब्ध गराउने छन्। कात्तिक महिनाका लागि अधिकांश विकास बैंकहरुले भने मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। उनीहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा १०.२५ प्रतिशत र संस्थागतमा ८.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्।