Thursday, October 16, 2025

२०८२ आश्विन ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुन्डाई गाडी खरिदमा ६ लाख रूपैयाँसम्मको नगद छुट


हुन्डाई गाडी खरिदमा ६ लाख रूपैयाँसम्मको नगद छुट

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं–तिहार लक्षित ’फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ।

दशैं–तिहार विशेष बनाउन हुन्डाइले विगतका वर्षहरूमा आफ्ना ग्राहकहरूलाई गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ। यस वर्ष पनि यही परम्परा कायम राख्दै एक जना भाग्यशालीले हुन्डाई एसयुभी लक्की ड्रमार्फत गाडी प्राप्त गर्न सक्नेछन्।

हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहु–प्रतिक्षित योजना मानिने कम्पनीको दाबी छ। हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

आफ्ना ग्राहकहरूको सन्तुष्टीका लागि हुन्डाईले सधैं समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आएको छ। भदौं २१ गतेदेखि सुरू भएको यस योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकहरूले पनि सहभागिता जनाउन सक्ने कम्पनीको भनाइ छ। यो योजना मंसिर ३ गतेसम्म लागू हुनेछ।

हुन्डाईले आफ्नो सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको निःशुल्क उपलब्ध गराउने जनाएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठुला अटोमाबाइल उत्पादकमध्येमा पर्छ।