Wednesday, June 25, 2025

२०८२ असार ११, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सेयर बजारमा भित्रिदैछन् उत्पादनमूलक क्षेत्रका कम्पनी


सेयर बजारमा भित्रिदैछन् उत्पादनमूलक क्षेत्रका कम्पनी

काठमाडौं, सेयर बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीहरु समेत धमाधम भित्रिन लागेका छन्। केही वर्ष अघिसम्म बैंक तथा वित्तीय संस्थाको मात्रै बाहुल्यता रहेको नेपालको पूँजी बजारमा अब भने वास्तविक क्षेत्रका कम्पनीहरु समेत भित्रिन लागेका हुन्। केहि वर्ष अघिसम्म सरकार र धितोपत्र बोर्डको ठूलो प्रयासमा पनि यस्ता कम्पनीहरुलाई बजारमा भित्र्याउन सकेका थिएनन्। धितोपत्र बोर्ड र सरकारले समेत हरेक वर्ष आफ्नो नीतिमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमा भित्र्याउने बताउँदै आएपनि त्यति धेरै कम्पनीहरु पूँजी बजारमा आउन चाहेका थिएनन्।

तर अब भने परिस्थिति केही बदलिएको छ। वास्तविक क्षेत्रका धेरै कम्पनी पूँजी बजारमा भित्रिन इच्छुक देखिएका छन्। आइपीओ जारी गर्नको लागि बास्तविक क्षेत्रका कम्पनीहरुले पनि धमाधम बोर्डसँग अनुमति मागिरहेका छन्। धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई पूँजी बजारमा भित्र्याउने भन्दै बुक विल्डिङमा आइपीओ जारी गर्न सक्ने सुविधा समेत ल्याएको थियो। तर बोर्डले ल्याएको बुक विल्डिङ भने प्रभावकारी हुन सकेन। बुक विल्डिङ प्रकृयाबाट आइपीओ जारी गर्न लागेका सर्बोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स वर्षौदेखि अड्किएर बसेका छन्।

सर्बोत्तम सिमेन्टले बुक बिल्डिङ प्रकृयाबाट आइपीओ जारी गर्न २०७९ असार २८ गते आवेदन दिएको थियो भने रिलायन्स स्पिनिङ मिल्सले असार ३१ गते आवेदन दिएको थियो। तर अहिले आइपीओ निष्काशनको प्रकृया नै अघि नबढ्दा दुबै कम्पनी पूँजी बजारमा आउन पाएका छैनन्। बुक विल्डिङ प्रभावकारी नभएपछि अहिले कम्पनीहरु प्रिमियममा आइपीओ जारी गर्न थालेका छन्। अधिकाँश वास्तविक क्षेत्रका कम्पनीहरुले पनि अहिले प्रिमियममा नै आइपीओ जारी गर्ने गरी अनुमति मागिरहेका छन्।

अहिले आइपीओ जारी गर्नको लागि आधा दर्जन वास्तविक क्षेत्रका कम्पनी धितोपत्र बोर्ड पुगेका छन्। जगदम्बा स्टिलले केहि दिन अघि मात्रै आइपीओ जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिइएको छ भने एसवाई प्यानलले पनि अनुमति मागेको छ। यस्तै डिसहोम, आइएमई, एकर्ड फामास्युटीकल्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन लगायतका कम्पनीहरु आइपीओ निष्काशनको लागि धितोपत्र बोर्डको प्रखाइमा छन्।