Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमालेले सचिवालय बैठक बस्दै


एमालेले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणका विषयमा सहमति भएपछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।