Thursday, June 26, 2025

२०८२ असार १२, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

जावा तथा येज्दी मोटरसाइकलमा “मनसुन राईड अफर”


जावा तथा येज्दी मोटरसाइकलमा “मनसुन राईड अफर”

काठमाडौं । अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा “मनसुन राईड अफर” ल्याएको छ । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्स आधिकारिक वितरक अग्नि मोटोइंकले यो योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकहरुले कम ब्याजदरमा सजिलो फाईनान्स अथवा एसेसरिज सहित राईडिंग गियर सुविधा ल्याएको हो ।

यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५०५ डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५।५५ ब्याजदर मात्र लाग्नेछ । यदी ग्राहकले नगदमानै खरिद गर्ने हो भने एसेसरिज सहित सम्पूर्ण राईडिंग गियर पाउनु हुनेछ अथवा उक्त एसेसरिज र राईडिंग गियर बराबरको रकम नगद छुट पाउन सकिनेछ । ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि पाउन सकिनेछ ।

कम्पनीको अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी—टु, जावा र पेराक मोडेल को मोटरसाइकलहरु उपलब्ध छ भने येज्दी ब्राण्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरु उपलब्ध  छन् । जावा ब्राण्ड सन् २०२० मा लंच भएको हो भने येज्दी ब्राण्ड हालसालै नेपालमा लंच भएको हो । यी सबै मोटरसाइकलहरु ३०० देखि ३३४ सम्मका छन् भने आफ्नो सेग्मेंट सबै भन्दा बढी पावर र टर्क प्रदान गर्दछ । यो मनसुन राईड अफर जावा येज्दीका सबै सोरुमहरुमा उपलब्ध हुने तथा सिमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।