Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो


पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्याँक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको संख्या १७३,५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १०४,०३७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई रु.६६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो।