Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स क्यापिटलको १२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित


सिटिजन्स क्यापिटलको १२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाडौं, सिटिजन्स क्यापिटल लिमिटेड साबिकको सिबिआइएल क्यापिटल लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेएको छ।ललितपुरको झम्सिखेलस्थित द लअनमा गत शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९,८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आ.व.२०७९,८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा–नोक्सानीको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पनि पारित गरेको छ। साथै, आ.व. २०८०,८१ का लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण र स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन गरेको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन पोर्टफोलियो म्यानेजमेन्ट, धितोपत्र प्रत्याभूतिकर्ता अन्डर राइटर, सेयर रजिस्ट्रार तथा डिम्याट खाताजस्ता लगानी कर्ताहरू सँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त गरी कार्यहरू गर्दै आइरहेको छ।