Saturday, June 21, 2025

२०८२ असार ७, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एम्पियर स्कुटरको टेकु सोरुम उद्घाटन


एम्पियर स्कुटरको टेकु सोरुम उद्घाटन

काठमाडौं। एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक सोरुम टेकुमा सञ्चालनमा ल्याएको छ।भारतको ग्रीभ्स कटन एण्ड कम्पनी अन्तर्गतको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीका एम्पियर इलेक्ट्रिक स्कुटरको आधिकारिक सोरुम बुधबारबाट सञ्चालनमा आएको हो।आकर्षक डिजाइन उल्लेखनीय दायरा, उत्कृष्ट सुविधाहरू र किफायती मूल्यका कारण नेपाली बजारमा यो स्कुटरमा लोक प्रिय हुने कम्पनीको विश्वास छ।

यो स्कुटरले नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ।एम्पियरका विद्युतीय स्कुटरहरू टेकु सोरुममा सहज रूपमा उपलब्ध रहेको कम्पनीले बताएको छ। यस्तै, चाँडै नै नेपालभरका अन्य प्रमुख सहरहरूमा सोरुम विस्तार गर्ने कम्पनीको भनाइ छ। केडिया इन्टरनेसनल एम्पियरको आधिकारीक बिक्रेताले दसैंको उपलक्ष्यमा उपभोक्ताहरूको लागि विभिन्न अफर समेत ल्याएको छ।अफरको लागि टेकुमा रहेको सोरुममा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।