काठमाडौं । नेपाली बजारमा बजाजको डोमिनार ४०० बिएस–६ को मूल्य घटेको छ । नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज डोमिनार ४०० बिएस–६ को नयाँ मूल्य एकैपटक ६० हजार रूपैयाँ घटाएर सार्वजनिक गरेको हो ।
नयाँ मूल्य अनुसार बजाज डोमिनार ४०० बिएस–६ को मूल्य ५ लाख ९९ हजार नौ सय रूपैयाँ पुगेको छ । यो भन्दा अघि बाइकको मूल्य ६ लाख ५९ हजार ९ सय रूपैयाँ थियो । नयाँ मूल्य आज देखि लागू हुने बताएको छ ।
बजेटले २५० सिसीदेखि ४०० सिसी क्षमताको मोटरसाइकलमा लाग्ने अन्तः शुल्क घटाएको छ । यसअघि ९० प्रतिशत अन्तः शुल्क लाग्नेमा अब ६० प्रतिशत मात्र लागू भएको हो । त्यस्तै सडक निर्माण दस्तुर पनि ५० हजार रूपैयाँबाट घटेर २० हजार रूपैयाँ कायम गरिएको छ ।