Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एलआईसी नेपालद्धारा लाभांश नदिने निर्णय


एलआईसी नेपालद्धारा लाभांश नदिने निर्णय

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड(एलआईसी)नेपालले आर्थिक वर्ष २०७९/८० सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  

कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते साँझ साढे ४ बजे बसेको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ।  

साथै उक्त बैठकले सोहि बमोजिम कम्पनीको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने तथा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।