Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेटको समीक्षा अर्थ मन्त्रालयले नभई अरुले गर्नुपर्ने काग्रेश नेता थापाको भनाई


बजेटको समीक्षा अर्थ मन्त्रालयले नभई अरुले गर्नुपर्ने काग्रेश नेता थापाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट ल्याउने निकाय अर्थ मन्त्रालयले नै त्यसको समीक्षा गर्न नमिल्ने बताएका छन् ।

संघीय संसद्मा बजेट छलफलमा उनले यस्तो बताएका हुन् । ‘बजेट ल्याउने पनि अर्थ मन्त्रालय । समीक्षा गर्ने पनि अर्थ मन्त्रालय,’ उनले भने, ‘बजेटबारे समीक्षा अरूले गर्नुपर्छ । अर्थ मन्त्रालय आफैले गरेर हुँदैन ।’

उनले बजेटबारे सांसदहरूको भूमिकाप्रति पनि प्रश्न उठाए । ‘सांसदहरूसँग अध्ययन छैन, तथ्य र तथ्याङ्क हुँदैन । अनि आएर कुन्ठा पोख्ने काम मात्रै गर्छन्,’ बजेटबारे सांसदहरूको भूमिकाप्रति असन्तुष्टि पोख्दै उनले भने ।

उनले बजेटबारे सांसदहरू कसैले पनि प्रश्न नउठाएको बताए । ‘बजेट पास भइहाल्छ । बीचमा कसैले प्रश्न पनि उठाउँदैन,’ उनले भने ।