Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक पटकको चार्जमा १६० किलोमिटर गुड्ने ओकाया इलेक्ट्रिक स्कुटर सार्वजनिक


एक पटकको चार्जमा १६० किलोमिटर गुड्ने ओकाया इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं,नेपाली बजारमा निम्बस इन्टरनेशनल कम्पनी प्रा.लिको ओकाया इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको छ।सोमबार पुल्चोकस्थित ओकाया स्कुटर शोरुममा एक कार्यक्रममा स्कुटर सार्वजनिक गरिएको हो।स्कुटरले एकपटकको चार्जमा १४० देखि १६० किमीको असाधारण रेन्ज दिने कम्पनीको भनाइ छ,भने ७० किमी प्रतिघण्टाको उच्च गति इस्कुटरले दिन्छ।

अत्याधुनिक प्रविधि मोटरद्वारा संचालित र उच्च क्षमताको लिथियम आयन एलएफपी ब्याट्री र स्टाइलिस रङहरुको विविधताका साथ तीन वर्षको वारेन्टीसहित बिक्रीका लागि खुल्ला गरिएको छ। हाल ई स्कुटर ‘फस्ट एफ २ टी, र फस्ट एफ ४ गरी तीन भेरीयन्टमा उपलब्ध छन्।बजारमा यसको मूल्य २ लाख ४० हजार देखि ३ लाख ७५ हजार रुपैयाँसम्म रहेको छ।